एमाले र माओवादी बीच दार्चुलामा चुनावी तालमेल हुने




दार्चुला, ८ चैत– केन्द्रमा सत्ता गठबन्धन काँग्रेस, माओवादी, समाजवादी, जसपा , जनमोर्चा सहितका दलहरुविच चुनावी एकता हुने तयारी भईरहेका बेला सुदूरपश्चिम प्रदेश दार्चुलामा भने एमाले माओवादी विच चुनावी तालमेल हुने भएकाले छ । एमाले माओवादी स्रोतका अनुसार दार्चुला जिल्लामा अगामी स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र र नेकपा एमाले बीच तालमेल भएर चुनावी मैदानमा जाने पक्कापक्की जस्तै भएको छ ।



नौ वटा स्थानीय तह रहेको दार्चुलामा नेकपा माओवादी केन्द्रले मार्मा गाउँपालिका, लेकम गाउँपालिका, अपि हिमाल गाउँपालिका र नौगाड गाउँपालिकामा आफ्नो दावि गरेको छ भने नौ वटै स्थानीय तहका सबै वडाहरुमा आफ्नो उपस्थिति हुनुपर्ने अडान राखेको छ ।


तर एमालेले भने नौ वटा स्थानीय तहमध्ये मार्मा, अपि र लेकम माओवादीलाई दिन तयार रहेको र अरु पालिकाहरुमा पनि उपस्थितिका सकारात्मक देखिएको स्रोतले जनाएको छ ।
केहि दिन अगाडी नेकपा माओवादी केन्द्र र कांग्रेस बीच चुनावी तालमेल हुने निश्चित जस्तै भएको थियो भने पछिल्लो दिनहरुमा भने एमाले माओवादी केन्द्र बीच तालमेल हुने कुरा बाहिरिएको छ ।