कैलालीको लम्कीमा युवकमाथी चक्कु प्रहार




धनगढी, ६ चैत– कैलालीमा आईतबार एक युवकमाथी चक्कु प्रहार गरीएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार कैलालीको लम्कीमा युवकमाथि चक्कु प्रहार भएको हो ।



आपसी विवादका क्रममा लम्कीचुहा नगरपालिका वडा नं. १ का ३५ वर्षीय शेरबहादुर थापा माथी चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।


उनीमाथि चक्कु प्रहार गरेको आरोपमा सोही ठाउँकै २३ वर्षीय प्रेम रावललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।