दार्चुलामा अवैध लागुऔषध सहित वडा सदस्य पक्राउ





दार्चुला, ४ चैत– दार्चुलामा अवैध लागुऔषध सहित वडा सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । व्यास गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य मोहन विष्टलाई महाकाली नगरपालिका वडा नं. ४ स्थित तितरसैनको आफ्नै किराना पसलबाट शुक्रवार बिहान करिव ५ सय ग्राम चरेश सहित पक्राउ गरिएको हो ।


पसलमा छापा हान्दा विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पसलबाट ५ डिब्बामा राखिएका स–साना पुडिया बरामद गरिएको हो । डिब्बा सहित बरामद गरिएको चरेशको परिमाण १ किलो २ सय ५० ग्राम रहेको छ ।

