स्थानीय तह निर्वाचन : उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते (कार्य तालिका सहित)

काठमाडौं, ४ चैत– निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय छुट्याइएको छ । निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि दुई दिन उम्मेदवारी दर्ता गर्न समय छुट्याएको हो।

Dadeldhura hospital

निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्तापछि उजरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गरिनेछ ।

Navadurga sun
Godawari sandesh

उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते समय दिइनेछ । त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ भने १७ गते चुनाव चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ ।

Loading...