होली कार्यक्रमको उद्घाटन बेदकोट नगरका मेयर चन्दले गरे




कञ्चनपुर, ३ चैत– नेकपा एकिकृत समाजवादी पार्टी निकट युवा र विद्यार्थी संगठनले जनचेतनामुलक होली कार्यक्रम संचालन गरेका छन । अनेरास्ववियू र युवा संघ नेपालले बिहीबारदेखि कञ्चनपुरमा संयुक्त रुपमा होली कार्यक्रम संचालन गरेका हुन ।



अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष रमेश पन्तले सचेतनामुलक कार्यक्रम संचालनका लागि होली खेलिरहेको बताए । समाजवादीका युवा र विद्यार्थीको होली कार्यक्रमलाई एक कार्यक्रमका विच बेदकोट नगरका मेयर अशोक कुमार चन्दले उद्घाटन गरेका छन ।


उद्घाटन गर्दै मेयर चन्दले रगंहरुजस्तै मानिसको जिवन सुखमयीको कामना गरेका थिए । नेकपा एकिकृत बेदकोट नगरका अध्यक्ष महेशराज जोशीले समाजिक सचेतनाका लागि होली खेलिन लागेको बताए ।