सुदूरपश्चिम प्रदेशमा सम्मान गृहको उद्घाटन

धनगढी, २ चैत– यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका लागि दुई ब्याड क्षमताको सम्मान गृह सुदूरपश्चिम प्रदेशमा सम्मान गृह संचालनमा आएको छ । मंगलबार एक कार्यक्रमका साथ धनगढी उपमहानगरपालिका उप मेयर सुशील मिश्र भट्टले सम्मान गृहको उद्धघाटन गर्नु भएको सुदूरपश्चिम समाजका अध्यक्ष करुणा नेपालले बताए ।

Ganyapdhura gau

सेभ द चिल्ड्रेन गोलबल फोन्डको आर्थिक सहयोग निल हिरा समाजको समन्वयमा सुदूरपश्चिम समाज धनगढीले सम्मान गृह आश्रय स्थल संचालनमा ल्याएको हो । एल जि बिटि आई क्यू का समुदाय जो हिंसा पीडामा परेका यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय, टाढा-टाढा देखि एआरभी लिन आएका व्यक्तिलाई लक्षित गर्दै सुदूरपश्चिम समाजले दुई ब्याड क्षमताको सम्मान गृह धनगढी उपमहानगरपालिका वडा न.५ हसनपुरमा मंगलबार देखि संचालनमा ल्याएको छ ।

Navadurga sun
Dadhaldhura pur

यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका लागि देशभरी ९ वटा जिल्ला काठमाडौ, सुनसरी, धनुषा, पर्सा, चितवन, कास्की, रुपन्देही, बाके र कैलालीमा सम्मान गृह संचालनमा रहेका निल हिरा समाज (बिडिएस) केन्द्रीय कार्यालय काठमाडौका कार्यकारी निर्देशक मनिषा ढकालले बताए ।
व्यवसायी गरि सामान्य कारणका आधारमा यो समुदाय लाई लग्नु पर्ने उप-मेयर मिश्र भट्टले बताए । उनका अनुसार घरबाटै नै भेदभाव गर्नु छोड्नुपर्ने, यसैका साथ वकालत गर्दै अगाडि समाजलाई सचेतना कार्यक्रम गर्नु पर्नेमा पनि जोड दिनु पर्ने र यो समुदायले राजनीतिमा जोडिदा अझै प्रभावकारी हिसाबमा बस चलाउनु का साथै प्रभावकारी हुने हुँदा आउन समेत उनले आग्रह गर्नु भएको छ।उनले भन्नू भयो मानव जाती सबै एकै किसिमको हो ।

समान व्यवहारका आधारमा पनि आगामी दिनमा कार्य थालनी गर्नु सुझाव समेत दिनु भयो।’ यसैगरी उनले इपिक नेपाल लगायत विभिन्न परियोजना द्धारा संचालित सुदूर पश्चिम समाजको कार्यालयको समेत अवलोकन गरि अहिलेको स्वास्थ्य लाई मध्यनजर गर्दै एचआईभीको एड्स अवस्था वारेमा समेत छलफल गरियो ।

उक्त कार्यक्रम मा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायकै सरस्वती गुरुङले नागरकिता पाउनको लागि “अथक प्रयास कठोर परिश्रमका साथ ५० वर्षको उमेरमा नेपाली नागरिकको प्रमाणपत्र पाउन सफल हुँदा विभिन्न समस्यामा जुद्धनु परेको भन्दै केही राहत पुगोस् भनी निल हिरा समाजले गरिएको सहयोग रकम उप-मेयर मिश्र भट्टद्वारा सरस्वतीलाई हस्तान्तरण गरिएको सुदूरपश्चिम समाजका अध्यक्ष करुणा नेपालले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...