कृष्णपुर नपाले व्यावसायिक खेतीका लागि कृषि अनुदान कार्यक्रम सञ्चालन गर्‍यो

कञ्चनपुर, २ चैत– कञ्चनपुरको कृष्णपुर नगरपालिकाले व्यावसायिक खेतीका लागि कृषि अनुदान कार्यक्रम सञ्चालन गरेको छ । किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गराउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरेको नगरपालिकाले जनाएको छ । किसानलाई गाउँमै बसेर पनि मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरेर आत्मननिर्भर बनाउन र उनीहरुको आयआर्जनमा सुधार ल्याउनका लागि उक्त कार्यक्रम संचालनमा ल्याएको हो ।

कार्यक्रम अन्तर्गत नगरपालिकाले कृषि औजार, प्लाष्टिकका टनेल निर्माण, सिँचाइ, बीउबिजनलाई समेटिएको छ । नगरपालिकाका ११ वटै वडाका किसानलाई प्रत्यक्ष लाभ पुग्ने गरी अनुदानमूलक कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका कृषि शाखाप्रमुख लालबहादुर धामीले जानकारी दिए । उनका अनुसार किसानलाई अनुदानमा कृषि औजार वितरणका लागि चालु आर्थिक वर्षमा नगरपालिकाले २७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । मागका आधारमा ५० प्रतिशत अनुदानमा कृषि औजार वितरणका लागि कार्यक्रम अगाडि बढाएको धामीले बताए । उनका अनुसार व्यावसायिक खेतीमा संलग्न भएकाहरुलाई पहिलो प्राथमिकतामा राखेको बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

किसानले प्रति टनेलमा पनि ५० प्रतिशत अनुदान पाउने व्यवस्था गरिएको छ । टनेल निर्माणका लागि नगरपालिकाले प्लाष्टिक उपलब्ध गराउने उनले बताए । यस कार्यक्रम अन्तर्गत प्लाष्टिकको टनेलमा निर्माणका लागि ३ लाख रुपैयाँ तथा फलाम ट्रष्ट सहित प्लाष्टिक टनेल निर्माणका लागि ४ लाख ५० हजार रुपैयाँ वजेट विनियोजन गरिएको बताए ।

त्यस्तै तरकारी, केरा लगायतको खेतीलाई अगाडि बढाउँदै आएका किसानलाई ५० प्रतिशत अनुदानमा नगरपालिकाको कृषि शाखाले सिँचाइका लागि पम्पसेट, विद्युतीय मोटर वितरण गर्नका लागि १२ लाख रुपैयाँ वजेट विनियोजन गरिएको शाखा प्रमुख धामीले बताए । किसानलाई सुपरग्रिन ब्याग समेत अनुदानमा उपलब्ध गराइनेछ । तीन लेयरको ब्यागमा राखेको अनाजमा घुन, पुत्ला तथा किरा नलाग्ने भएकाले अन्न सञ्चित राख्नका लागि प्रयोग हुने यस्ता ब्याग किसानलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने उनले बताए । उनले भने यसका लागि ३ लाख रुपैयाँ वजेट विनियोजन भएको बताए ।

शाखा प्रमुख धामीका अनुसार किसानलाई इलेक्ट्रिक स्प्रे ट्याङ्की अनुदानमा उपलब्ध गराउनका लागि समेत ३ लाख रुपैयाँ वजेट विनियोजन गरिएको र अनुदानमा सो ट्याङ्की प्रदान गर्ने सम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।

त्यसैगरी पकेट क्षेत्र विस्तार गर्नका लागि शसर्त अनुदान कार्यक्रम अन्तर्गत १२ लाख रुपैयाँ विनियोजन गरिएको छ । केरा पकेट क्षेत्र विस्तारका लागि ३ वटा पकेटमा ४ लाखका दरले र ३ वटा धान पटेक क्षेत्रका लागि ४ लाखका दरले अनुदान रकम उपलब्ध गराइने बताइएको छ ।

Loading...