एसपीएमा नबिल बैंकको सामाजिक उद्यमशिलता कार्यक्रम सञ्चालन हुने

धनगढी, १ चैत– धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) मा सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशिलता कार्यक्रम सञ्चालन हुने भएको छ ।

Dadeldhura hospital

समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालिन समाधान गर्ने नविन सोचमा आधारित उद्यमलाई प्रबद्र्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम शुरु गरिने एसपिएले बताएको हो ।

Navadurga sun
Godawari sandesh

कार्यक्रम अन्तर्गत ३ महिना अवधिको प्रशिक्षण वर्षैभरि सञ्चालन गरिने छ । नबिल बैंकको सहकार्यमा सञ्चालन गरिने सो कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सिप तथा वित्तिय सहयोग उपलब्ध गराइने बैंकले जनाएको छ ।

Loading...