कैलालीमा रोकिराखेको टिप्पर र बोलेरोमा आगलागी हुँदा

Dadhaldhura pur

अत्तरिया, ३० फागुन- कैलालीमा रोकिराखेको टिप्पर र बोलेरोमा आगलागी भएको छ। प्रहरीका अनुसार आइतबार राति जिल्लाको गोदावरी नगरपालिका ५ गेटा मेडिकल कलेज नजिक से१क ९२५ नम्बरको टिप्परमा अचानक आगलागी भएको थियो।

Ganyapdhura gau

टिप्पर र बोलेरोको अगाडिको भाग जलेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। दमकल र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको उनले बताए। टिप्परसँगै पार्किङ्ग गरी राखिएको से१च ९४७ नम्बरको बोलेरोमा पनि आगो सल्किएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...