बहुमूल्य जडीबुटी सहित एक जना पक्राउ





दार्चुला, २८ फागुन– दार्चुलामा बहुमूल्य जडीबुटी सुनाखरी सहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला सदरमुकाम खलङ्गाबाट हिजा १७ किलो सुनाखरीसहित बझाङ जिल्ला बुङ्गल नगरपालिका वडा नं. १ का ४० वर्षीय हरिश बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर भट्टले जानकारी दिए ।


पुलघाट क्षेत्रबाट बोहरा रातिको समयमा झोला बोकी हिँडिरहेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा अवैध सुनाखरी बरामद गरिएको हो । बरामद गरीएको उक्त सुनाखरीलाइ वन डिभिजन कार्यालयको जिम्मा लगाइने जनाइएको छ भने यसबारेमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

