अत्तरियामा एमसीसी बिरुद्ध बिरोध प्रर्दशन

अत्तरिया, २८ फागुन– नेकपा विप्लव निकट युवा संगठन सहितका ६ राजनीतिक दल र २ मोर्चाका युवा संगठनले एमसीसी बिरुद्धमा कैलालीको अत्तरियामा बिरोध प्रर्दशन गरेका छन । शनिबार अत्तरियामा कैलाली कञ्चनपुरको संयुक्त आयोजनामा बिरोध प्रर्दशन गरिएको हो ।

Dadeldhura hospital

एमसीसी राष्ट्रघाती भन्दै कार्यान्वयन गर्न नहुने र खारेजीको माग अघि सारेर बिरोध प्रर्दशन गरिएको नेकपा विप्लव निकट युवा संगठन कञ्चनपुरका उपाध्यक्ष दिपेन्द्र सिह ऐरीले बताए । युवा संगठनका जिल्ला उपाध्यक्ष ऐरीले एमसीसी राष्ट्रघाती भएकाले खारेजीको माग अघि सारेर अत्तरियामा युवा नेताहरु गर्जिएको बताए ।

Navadurga sun
Godawari sandesh

बिरोध सभा पछि आयोजित कोण सभामा विप्लव निकट युवा संगठनका प्रदेश इन्चार्ज भुवन कुँवर, जनमोर्चा निकट युवा संगठनका केन्दीय सदस्य प्रशान्त सहिता युवा नेताहरुले अमेरिकी दलाल समुहले देश बेचेकाले राष्ट्र बताउनका लागि युवा एक जुट हुनुपर्नेमा आब्हान गरेका थिए ।

Loading...