आज कैलाली सहित १० जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै

आज (शनिवार) देखि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हात्तीपाइले विरुद्धको औषधि खुवाउने भएको छ । मन्त्रालयको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दाशले कैलाली सहित देशभरका १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइने जानकारी दिए।

Dadeldhura hospital

उनले झापा, बारा, लमजुङ, पर्वत, बागलुङ, मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा हात्तीपाइले विरुद्धको औषधि खुवाउन थालिने बताए । तीमध्ये झापा, बारा, लमजुङ, पर्वत र बागलुङमा दुई थरिका र मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा तीन थरिका औषधि खुवाइने छ ।

Navadurga sun
Godawari sandesh

उनले यी १० जिल्लामा औषधि खानयोग्य सबैले नखाइ दिएको र हरेक दुईरदुई वर्षमा रगत परीक्षण गर्दा रोगको दर नघटेकाले पुनःऔषधि खुवाउनुपरेको बताए । ती जिल्लाका सबैलाई औषधि खुवाइने छ ।

Loading...