दार्चुलाको महाकाली नगरपालिकामा माओवादी र समाजवादीले संयुक्त चुनाव लड्ने





दार्चुला, २७ फागुन- दार्चुलाको महाकाली नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीले संयुक्त चुनाव लड्ने भएका छन । महाकाली नगरपालिकामा माओवादी केन्द्र र समाजवादीले संयुक्त मोर्चा बनाएर चुनाव लड्ने भएका हुन् ।


शुक्रबार माओवादी केन्द्र र समाजवादी विच संयुक्त उम्मेदवार उठाएर चुनावमा होमिने निणर्य गरेका छन् । माओवादीको तर्फबाट नगर अध्यक्ष गणेश खत्री, उपाध्यक्ष हरिष भट्ट, सचिव राजेन्द्र विष्ट, प्रदेश सदस्य खडक धामी, दिपक जोशी, समाजवादीका तर्फबाट नगर अध्यक्ष धनुषा पाल प्रदेश सदस्य दिलेन्द्र पाल, गणेश जोशी, प्रमाराम ओड, राधिका जोशीले सहमती जनाएका हुन् ।

