राजस्व नीति तथा कर सुधार सम्बन्धि अन्तक्रिया सम्पन्न

अत्तरिया, २५ फागुन– नेपाल राजस्व परामर्श समितिले आ.व.२०७९/०८० को राजस्व निति तथा कर सुधार सम्बन्धि अन्तरक्रिया कायक्रम होटल रुबसमा सम्पन्न गरेको छ । नेपाल राजस्व परामर्श समितिको आयोजना तथा सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयको सहआयोजनामा सम्पन्न भएको हो ।

Ganyapdhura gau
Dadhaldhura pur

उक्त कार्यक्रम प्रमुख अतिथिका रुपमा नेपाल राजस्व परामर्श समितिका अध्यक्ष महेश प्रशाद दाहाल रहेको कार्यक्रममा आर्थिक मामिला मन्त्रालयका सचिव, प्रजिअ, कैलाली राजस्व कार्यालयका प्रमुख तथा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु अथिती रहेका थिए । आ.व. २०७९/०८० को राजस्व निति तथा कर सुधार सम्बन्धि अन्तरक्रिया कार्यक्रममा कैलाली चेम्बर अफ कमर्स, कैलाली उद्योग बाणिज्य संघ, नेपाल उद्योग परिसंघ लगायत विभिन्न व्यवसायीक संघ संस्थाको उपस्थिती रहेको थियो ।

Navadurga sun

कार्यक्रममा विभिन्न संघसंस्थाका तर्फबाट राजस्व तथा कर सम्बन्धि सल्लाह सुझाव दिईएको थियो । यसै सिलसिलामा गोदावरी चेम्बर अफ कमर्सका सदस्य विनोद मल्ल (विप्लब) ले सुझाव पत्र पढेर सुनाउनु भएको थियो भने सो पत्र गोदावरी चेम्बर अफ कमर्सका अध्यक्ष तिर्थराज ओझाले नेपाल राजस्व परामर्श समितिका अध्यक्ष महेशप्रसाद दाहाललाई हस्तान्तरण गर्नु भएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...