आमाको पुण्य तिथीको अबसरमा सुप समावेशी आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

प्रकाश बहादुर बोहरा
अत्तरिया, २५ फागुन- आमाको पुण्य तिथीको अबसरमा कैलालीको गोदावरी नगरपालिका वडा नं.२ अत्तरियामा रहेको सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग गरिएको छ । अत्तरियामा रहेका सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयलाई आमा स्व. मनकुमारी बमको बार्षिक पुण्य तिथीमा शारिरीक रुपमा अपाङ्गता भएका बाल बालिकाहरुलाई खाद्यान्न सहयोग गरेका हुन् ।

godawari10 Mahila hinsa
Navadurga sun

खाद्यान्न सामाग्री हस्तान्तरण कार्यक्रम विद्यालयका प्रधानाध्यापक देवी साउँदको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी राष्ट्रिय निन्न माध्यमिक विद्यालय तारानगर धनगढी कैलालीका प्रधानाध्यापक मदन बहादुर बम र उहाँका धर्मपत्नी मधु बम रहेका थिए ।

Dadeldhura hospital

खाद्यान्न अन्तर्गत चामल, मास दाल, अरहर दाल, मुम दाल, खाने तेल, जिरा पाउडर, धनियाँ पाउडर, खुर्सानी पाउडर, हल्टी पाउडर, नुन, चिनि, चियापत्ती सुन्तला गरि ९ हजार ३ सय ५ रुपैयाँ बराबरको सामान एक औपचारिक कार्यक्रम बिच वितरण गरिएको प्रअ बमले बिद्यालयका प्रअ देवि साउदलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका बमले अपांगता भएका बालिबालिकाहरुलाई सहयोग गर्ने इच्छा धेरै भएकोले आज आफ्नो आमाको पुण्य तिथीमा थोरै भएपनि सहयोग गर्न पाएकोका आफु गर्भाम्भित भएको बताए ।

उक्त कार्यक्रमको बिद्यालयका संस्थापक अध्यक्ष तथा फाउन्डेसनका परिकल्पनाकार मान बहादुर साउदले मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन विद्यालयका शिक्षिका कुष्मा जोशीले गरेकी थिइन ।

प्रअ देवी साउदले बार्षिक पुण्य तिथिमा विद्यालयलाई खाद्यान्न सहयोग गर्नु भएकोमा धन्यवाद समेत व्यक्त गरेकी थिइन । उक्त सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयमा ७२ जना बिद्यार्थीहरु रहेका छ ।

Loading...