व्यस्थ हुने विद्यार्थीका लागि अब घरबाटै उच्च शिक्षाका लागि खुला विश्वविद्यालय

कञ्चनपुर, २४ फागुन– विभिन्न काममा व्यस्थ हुने विद्यार्थीका लागि अब घरबाटै उच्च शिक्षाका लागि खुला विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रम ल्याएको छ । नेपालकै सबैभन्दा कान्छो नेपाल खुला विश्वविद्यालयले डिप्लोमा, स्नातक, स्नाकोत्तर र एमफिलसम्मका शैक्षिक कार्यक्रम ल्याएको छ । मंगलबार कञ्चनपुरको महेन्द्रनगरमा नेपाल खुला विश्वविद्यालयले सरोकारवालासंग छलफल तथा अन्तरकृया गरेको छ ।

कार्यक्रममा नेपाल खुला विश्वविद्यालयका कुल सचिव डा. गोबिन्द सिह विष्टले देशभरी नियमित विद्यालय जान नसक्ने, विभिन्न रोजगारी एव काममा रहेका, दुर्गम एव उच्च शिक्षाबाट बञ्चित भएका विद्यार्थीलाई लक्षित गरेर शैक्षिक कार्यक्रम ल्याएको बताए।

godawari10 Mahila hinsa
Navadurga sun

नेपालमा खुला विश्वविद्यालयको माग र आवश्यताका आधारमा सरकारले २०७३ मा ऐन ल्याएर २०७४ देखि खुला विश्वविद्यालय खोलेको कुलसचिव डा. विष्टले बताए । उनका अनुसार हाल खुला विश्वविद्यालयमा डिप्लोमा, स्नातक, स्नाकोत्तर र एमफिलसम्मका शैक्षिक कार्यक्रम संचालन भएका छन ।

Dadeldhura hospital

‘क्याम्पस जान नसकेका विद्यार्थीलाई घरमै बसेर पनि अध्ययन गर्न सकिन्छ, ‘कुल सचिव डा. विष्टले भने, ‘घरमै बसेर दैनिक कक्षा लिन सकिन्छ ।’ कुलसचिव विष्टले नयाँ प्रविधिको प्रयोग गरेर उच्च शिक्षा प्रदान गरिने बताए । उनले खुला विश्वविद्यालय बारे जानकारी गराउन कैलाली कञ्चनपुरमा सरोकारवालासंग छलफल गरेको बताए ।

नेपाल खुला विश्वविद्यालयका उप प्राध्यापक प्रकास पौडेलले विश्वविद्यालयले अध्यापन गराईरहेको संकाय एव विषयबारे कार्यपत्र प्रस्तुत गर्दै उच्च शिक्षा हासिल गर्ने विद्यार्थी अब शिक्षाबाट बञ्चित नहुने बताए । हरेक दिन साँझ कक्षा संचालन हुने छन ।

स्वदेश तथा विदेशबाट समेत विज्ञबाट समेत अनलाईन कक्षा संचालन हुनेछन । ‘दिनभर काम गरेर साँझ दुई घण्टा हरेक दिन अनलाईन कक्षा संचालन हुन्छन, ‘प्रविधिको प्रयोग गर्दै दुर शिक्षा संचालन हुन्छ, ‘उनले भने, ‘विद्यार्थीले घरमै बसेर आफ्नो घरको काम, रोजगारी र पढन मिल्छ ।’ कार्यक्रममा एमफिल गरिरहेका विद्यार्थी धर्मानन्द कपाडीले रोजगारीसंगै उच्च शिक्षा अध्ययन गरिरहेको बताए ।

‘म जानकी गाँउपालिका शिक्षा अधिकृत हुँ, ‘उनले भने, ‘दिउँसो अफिसको काम साँझ अनलाईन कक्षा लिन्छु, हामी जस्ताका लागि यो प्रभावकारी छ, ‘यसरी नै पिएचडी गर्ने सोचमा छुँ ।’

कार्यक्रममा यहाँका शिक्षा क्षेत्रका अगुवाहरुले उच्च शिक्षाबाट बञ्चितका लागि नेपाल खुला विश्वविद्यालय प्रभावकारी हुने बताएका छन । सुप विश्वविद्यालयका प्रा.डा. भाष्कर दत्त जोशीले विवित कारणबाट नियमित उच्च शिक्षाका लागि कक्षा लिन नसक्ने विद्यार्थीका लागि पुणर् सहज भएको बताए ।

Loading...