कञ्चनपुरको महाकाली अस्पतालमा मिर्गौलाका बिरामीलाई लक्ष्य गरी डायलासिस सेवा सञ्चालन हुने

कञ्चनपुर, २४ फागुन– कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मिर्गौलाका बिरामीलाई लक्ष्य गरी डायलासिस सेवा सञ्चालन हुने भएको छ। अस्पतालमा आगामी असारदेखि डायलासिस सेवा सुरु गर्ने लक्ष्य राखेर कार्य अघि बढाइएको छ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा अर्जुन भट्टले आगामी असारभित्र सेवा सुरु गर्ने लक्ष्य राखेर कार्य सुरु गरिएको बताए। उनले भने, “असारभित्रै सेवा सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको छ, ठेक्का प्रक्रियाद्वारा भवन निर्माण भइरहेको छ। जनशक्ति तयारी अवस्थामा छ।” उनका अनुसार सेवा सञ्चालनका लागि भवन निर्माणका लागि ५८ लाखमा ठेक्का सम्झौता भएको छ।

Ganyapdhura gau
Dadhaldhura pur

सम्झौतानुसार निर्माण सुरु भएको छ। अस्पतालमा सो सेवा सञ्चालनका लागि पाँच मेसिन खरिद गरिएका छन्। ती मेसिनको मूल्य एक करोड २५ लाख रहेको छ। अस्पतालले स्वास्थ्यकर्मीलाई तालिमका लागि समन्वय अघि बढाएको छ। डायलासिस सेवाका लागि फिजिसियनदेखि स्टाफ नर्सलगायत १० जनालाई तालिम दिनुपर्ने उनले बताए। उनका अनुसार सेवा सञ्चालन भएपछि दैनिक १० देखि १५ जनालाई डायलासिस गर्न सकिन्छ।

Navadurga sun

अहिले कञ्चनपुरमा मात्रै सय बढी मिर्गौलाका बिरामी सेती प्रादेशिक अस्पताल र सीमावर्ती भारतीय बजारमा डायलासिस गराइरहेका छन्। यसैगरी अस्पतालमा जडान हुने दुईवटा अक्सिजन प्लान्टमध्ये एक प्लान्ट जडान भई उत्पादन सुरु भएको छ। अर्को अक्सिजन प्लान्ट जडानका लागि काम अगाडि बढाइएको छ। अस्पतालमै प्लान्ट जडान भएपछि बिरामीले अक्सिजनकै लागि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको छ। (रासस)

ADD Khali jpg
ADD Khali jpg
Loading...