धनगढीमा भोलि विद्युत सेवा अवरुद्ध हुने

Dadeldhura hospital

धनगढी, २३ फागुन– धनगढीमा भोलि विद्युत सेवा अवरुद्ध हुने जनाइएको छ । धनगढीका सबै क्षेत्रमा भोलि सेवा अवरुद्ध हुने विद्युत प्राधिकरण तथा वितरण केन्द्र धनगढीले जनाएको हो ।

केन्द्रका अनुसार धनगढीमा भोलि (मंगलबार) अत्तरियादेखि धनगढीसम्मको ३३ केभी लाइनको रुटमा पर्ने रुखको हाँगा काट्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने भएको हो । विहान ८ बजेदेखि १२ बजेसम्म सो लाइन अवरुद्ध हुने बताइएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...