चौथो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता चुरेमा सम्पन्न

अत्तरिया, २२ फागुन– ‘स्वस्थ्यको लागि खेल, राष्ट्रको लागि खेल, खेल खेलौ स्वस्थ बनौ’ भन्ने नाराका साथ चुरे युवा क्लवको आयोजनामा चुरे गाउँपालिका ६ नं. वडा कार्यालय धनेडी कैलालीको सहयोगमा सञ्चालन भएको चौथो वडा अध्यक्ष कप प्रतियोगिता चुरे गाउँपालिकाको धनेडीमा सम्पन्न भएको छ ।

चुरे युवा क्लवका अध्यक्ष हर्क बहादुर बोहराको अध्यक्षता तथा चुरे गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष प्रेम बहादुर साउँदको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रमको विशिष्ट अतिथी नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य देवेन्द्र शाही र नेकपा समाजवादीका प्रदेश कमिटी सदस्य लोक बहादुर सारु मगर, नेकपा माओवादी केन्द्र चुरे गाउँ कमिटिका अध्यक्ष हर्क नेपाली रहनु भएको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

भलिबल प्रतियोगितामा बयलागडी सामुदायिक वन चुरे ६ बगैचुला टिम प्रथम, ग्वासी सामुदायिक वन कुमैना टिम द्धितीय र जनता माध्यमिक विद्यालय चुरे ६ शान्तिनगर टिम तृतीय भएको थियो । भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका व्यक्तिहरूलाई मेडल, प्रमाण पत्र, नगद र ट्रफि सहित पुरस्कृत गरिएको थियो ।

त्यसैगरी प्रथम हुनेटिमलाई नगद १५ हजार, द्धितीय हुने टिमलाई १२ हजार र तृतीय हुने टिमलाई ७ हजारनगद पुरुस्कार दिइएको थियो ।

उक्त खेलमा बयलागढी सामुदायिक वउस भोज मलासी उत्कृष्ट खेलाडी बने भने ग्वासी सामुदायिक वउसबाट अनुशासन खेलाडी गोविन्द खत्री बन्न सफल भएका थिए ।

उक्त भलिबल प्रतियोगितामा ११ वटा टिमको सहमागीता रहेको थियो । उक्त कार्र्यक्रम चुरे युवा क्लबका प्रेस सल्लाहकार नरेश नाथ योगीले संचालन गरेका थिए ।

Loading...