कार्य सम्पादन मुल्यांकनमा अजयमेरु पहिलो, कैलालीको कैलारी गाउँपालिका तेस्रो





धनगढी, २२ फागुन । डडेल्धुराको अजयमेरु गाउँपालिका कार्य सम्पादन मुल्यांकनमा पहिलो भएको छ । देशभरका पालिकाहरु मध्येबाट अजयमेरु पहिलो नम्बरमा छनौट भएको हो ।



राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रत्येक वर्ष देशभरका प्रदेश सरकार र स्थानीय तहको मुल्यांकन गर्छ । आयोगको सिफारिसमा सरकारले वितरण गर्ने अनुदानका लागि आयोगले प्रदेश सरकार र स्थानीय तहको मुल्यांकन गर्दै आएको छ ।


आयोगले मुल्यांकनका लागि प्रदेश सरकारका लागि ११ र स्थानीय तहका लागि १७ वटा सूचक राखेको छ । अजयमेरु गाउँपालिकाले सबै सूचक पूरा गर्दै पहिलो नम्बरमा छनौट भएको हो । त्यसैगरी कैलालीको कैलारी गाउँपालिका तेस्रो र कञ्चनपुरको भीमदत्त नगरपालिका चौथो नम्बरमा परेको छ ।



