अत्तरिया प्रादेशीक महोत्सवमा दर्शकको उल्लेख्य उपस्थिती, पन्ध्र हजार टिकट बिक्री

भोली लोकदोहोरी गायक रामजी खाँड, टेक बिसी, पुजा देवकोटा लगायतकाे प्रस्तुती रहने

अत्तरिया, २१ फागुन- कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशीक महोत्सवमा शनिवार उल्लेख्य रुपमा दर्शकको उपस्थीती भएको छ । महोत्सवमा पन्ध्र हजार टिकट बिक्री भएको आयोजकले जनाएको छ ।

Dadeldhura hospital

शनिबार गायक प्रमोद खरेल लगायतको प्रस्तुती रहेको थियो । अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा फागुन १३ गतेवाट सुरु भएको महोत्सव २५ गतेसम्म चल्नेछ । महोत्सवमा सर्बसाधारणहरुलाई ५० र बिद्यार्थीहरुलाई ४० रुपैया टिकट दर तोकिएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

महोत्सवमा भोली लोकदोहोरी गायक रामजी खाँड, टेक बिसी, पुजा देवकोटा लगायत बिग युनाईटेड डान्स स्टुडियो चौमालाको समेत प्रस्तुती रहने आयोजकले जनाएको छ ।

Loading...