कञ्चनपुरका पत्रकार खेम भण्डारीले नगरप्रमुखमा उम्मेदवारी दिने घोषणा, यस्ताे छ ३५ एजेण्डा

कञ्चनपुर, २१ फागुन– बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कञ्चनपुरका पत्रकार खेम भण्डारीले नगरप्रमुखमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भण्डारीले भीमदत्त नगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

Dadeldhura hospital

लामो समयदेखि पत्रकारितासँगै समाजसेवामा होमिएका भण्डारीले ३५ एजेण्डा पोष्ट गर्दै नगरप्रमुखमा उम्मेदवारी दिने बताएका हुन्। ३५ एजेण्डा सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘यस्ता कुरा उठाएर चुनाव जितिन्छ भन्ने सुझाव आए मात्रै मैले भीमदत्तको मेयरमा उम्मेदवारीका लागि टिकेटको प्रयास गर्नेछु। यी काम गर्न नसक्ने हो भने मेयर हुनुको कुनै तात्पर्य छैन्। तीतो कुरा गरेर चुनाव जितेको मैले अहिलेसम्म नदेखेको हुनाले तपाईंहरूको सुझाव मागेको हुँ। चिल्ला र नक्कली कुरा गर्न नजान्ने हुनाले समयमै आफूलाई प्रस्तुत गरेको छु।’

Navadurga sun
Godawari sandesh

भण्डारीका ३५ एजेण्डा यस्ताे रहेकाे छ:
१. असम्भव काम गर्न सकिन्न भने।
२.अनावश्यक काम हुन्न भने।
३. भ्रस्टाचारको अनुसन्धान गरी पाता कसिने छ भने।
४.अतिक्रमणमा डोजर चलाइने छ भने।
५. बेरुजु फर्छ्यौट गर्न डण्डा चलाउने छु भने।
६.पार्टी स्वार्थभन्दा माथी उठेर साझा ब्यक्ती बन्ने छु भने।
७. सडकपेटी र सार्वजनिक स्थल सफा र सज्जित राख्न कठोर कानुन लगाउँछु भने।
८.कौडी दरमा भाडा र लिजमा दिएका सार्वजनिक सम्पत्ती खाली गराउँछु भने।
९.गत पाँच वर्षको लुटको भण्डाफोर गर्छु र लुटेरा जत्थालाई जेल कोच्छु भने।
१०.केही बिचौलियाको चंगुलबाट मुक्त रहनेछु भने।
११.गलगाड बनेको अनावयक कर्मचारीतन्त्रलाई चुस्त र उत्पादनशील बनाउछु भने।
१२.ठूला ठूला योजनाका गफ होइन सानासाना सुधार गर्छु भने।
१३.सरकारी र सामुदायिक विद्यालयमा राजनीती हटाउँछु भने।
१४.निजि शिक्षाको बहुआयामिक शोषण समाप्त गर्छु भने।
१५.करको दर स्वाट्टै घटाएर दायरा ह्वात्तै बढाउँछु भने।
१६.नगर विकासको जग्गाका माफियालाई ठोक्छु भने।
१७.कृषकको दुश्मन बिचौलिया प्रणालीलाई हटाउने बिकल्पमा काम गर्छु भने।
१८.सशर्त अनुदानको नाममा थोपरिने कामै नलाग्ने झन्झटको प्रतिवाद गर्छु भने।
१९.भाइ भतिजा पाल्ने उद्देश्यले थालिएका सबै काम रोक्छु भने।
२०.स्रोत सुनिस्चितताबिनै थालिएका सबै निर्माण रोक्छु, अनावश्यक योजनाका सम्झौता रद्द गर्छु भने।
२१.लक्ष्य प्राप्त गर्न नसक्ने सरकारी र सामुदायिक विद्यालय र तिनका शिक्षकलाई दण्ड र प्राप्त गर्नेलाई पुरस्कारको ब्यवस्था गर्छु भने।
२२.निजी विद्यालय र शैक्षिक संस्था कोठे हुनुहुन्न, पर्याप्त भौतिक पूर्वाधार र एउटा फूटबल ग्राउण्ड बराबरको खेल मैदान हुनुपर्ने टाइमलाइनयुक्त कानून बनाइने छ भने।
२३.विकास योजनामा अवरोध गर्नेहरूमाथि चाहिए जति बल प्रयोग गरेर भए पनि डम्पिङ साइट जस्ता योजना सम्पन्न गरिने छन् भने।
२४.नगरमा ओपन स्पेश पर्याप्त बनाउन सबै खालका अतिक्रमण हटाउन आइपरे बल पनि प्रयोग गरिने छ भने।
२५.समयसीमा भित्र सेवाप्रवाह गर्न सफ्टवेयर आधारित गुनासो सम्बोधन प्रणाली जडान गरेर निर्धारित समयभित्र सेवाग्राहीको सम्बोधन नभए सम्बन्धित शाखा र कर्मचारीलाई ठाउँको ठाउँ कार्वाही गर्ने इ–गभर्नेन्स सिस्टम सुरु गर्नेछु भने।
२६.पारदर्शीता र सुशासन कायम गर्न मेयरसमेतको निगरानी गर्ने सर्वदलीय संयन्त्र र प्रणाली बनाउने छु भने।
२७.आज के काम भयो, निर्णय के भए, खर्च कति भयो भन्ने आजै सार्वजनिक गर्ने अनलाइन नोटिस बोर्ड चलाउछु भने।
२८.टेण्डर र कोटेसनको प्रकृया अनलाइन लाइभबाट गरिनेछ भने।
२९.कमिसनका लागि मात्रै किनिएका, उपयोग नै नभएका वा उपयोग खर्च अस्वाभाविक भएका गाडीदेखि निर्माण यन्त्र लिलाम गरि नगरपालिकालाई अनावश्यक आर्थिक बोझबाट तत्कालमुक्त गर्छु भने।
३० आवश्यक संख्यामा मात्रै कर्मचारी राखिने छ, ज्यालादारीका नाममा मच्चाइएको बितण्डा पूर्ण रूपमा रोकिनेछ, १५० कर्मचारीले पुग्छ, त्यसबाहेकका झण्डै दुई सय कर्मचारी हटाइने छ भने।
३१.पिए, सल्लाहकार, बिज्ञ भन्दै आफ्ना मान्छे पोस्ने काम शून्यमा झारिने छ, चाहिए पटके रूपमा सेवा लिइनेछ भने।
३२.डल्लो बजेटको खेल हटाइने छ, योजना छनोटको प्रक्रियालाई पारदर्शी बनाएर रातोकिताबमा सम्पूर्ण योजना खुलस्त बनाइने छन् भने।
३३.उपभोक्ता समिती र अमानतबाट काम गर्ने परिपाटी रोखेर एक लाखभन्दा माथिका योजना र खरिद टेण्डरबाटै हुने ब्यवस्था हुनेछ भने।
३४.आसेपासे पोस्न एउटा योजनालाई खण्डिकरण गरेर बाँड्ने जस्ता दुस्कर्म भ्रस्टाचार ठहरिने कानुनी प्रवन्ध गरिने छ भने।
३५.माथिका काम पदभार सम्हाले लगत्तै सुरु हुनेछन् भने।

Loading...