कवाड संकलन स्थलबाट तीन किलो चरेश बरामद





कञ्चनपुर, २० फागुन– कञ्चनपुरमा प्रहरीले शुक्रवार एक कवाड संकलनस्थलबाट ठूलो मात्रामा लागूऔषध (चरेश) बरामद गरेको छ। महेन्द्रनगर हाइवेको सगुन होटलको आडमा रहेको कवाड संकलनस्थलमा छापा मारेर प्रहरीले करिब तीन किलो चरेश बरामद गरेको हो।


उक्त स्थानमा भारतीय नागरिकहरुले काम गर्ने गरेको बताउँदै कवाडसँगै चरेश पनि भारततर्फ तस्करी गर्ने उद्धेश्यले त्यहाँ जम्मा गरिएको हुनसक्ने बताएको छ। यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

