कैलालीमा १५० किलो माछाका भुरा बरामद गरि नष्ट




धनगढी, १८ फागुन– कैलालीमा १५० किलो माछाका भुरा बरामद गरि नष्ट गरिएको छ । इलाका प्रहरी कार्यालय चिसापानी कैलालीबाट खटीएको प्रहरी टोलीले माछाका भुरा बरामद गरेको हो ।



कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ३ चिसापानीस्थित पूर्वश्चिम राजमार्ग अन्तर्गत पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नम्बर २०२-०३-००१-च २४५ नम्बरको पिकअप जिपलाई चेकजाँच गर्दा १५० किलो मंगुर जातको माछाको भुरा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


चालक जिल्ला सर्लाही ईश्वारपुर नगरपालिका वडा नं. ३ बस्ने २० वर्षीय निर्मल कुमार सहनीले चलाएको जिपबाट बरामद गरिएका नेपालमा प्रतिबन्धित माछालाई बरामद गरि नष्ट गरिएको प्रहरीले जनाएको छ ।