कञ्चनपुरको शुक्लाफाँटा भ्रमण गर्नेको संख्या बढ्दै

कञ्चनपुर,  १८ फागुन– कोरोनाले सेलाएको प्रर्यटन क्षेत्र विस्तारै चलायमान हुन थालेकाे छ । यसैक्रममा सुदूरपश्चिमका मुख्य प्रर्यटकिय क्षेत्र मध्ये एक शुक्लाफाटा राष्ट्रिय निकुन्जमा पनि पर्यटन आवागमन बढेको छ । ३ सय ५ वर्ग किलोमिटर क्षेत्रमा रहेको निकुञ्जमा ५४ वर्गकिलोमिटरमा घाँसेमैदान रहेको छ ।

Dadeldhura hospital

कोरोना संक्रमणअघि शुक्लाफाँटामा १२ हजार भन्दा बढी पर्यटक निकुञ्जमा घुम्ने गरेको भएपनि त्यसपछि कोरोना संक्रमणका कारण पर्यटकको संख्या घटेको छ । निकुञ्ज कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा १२ हजार १३८ पर्यटकले अवलोकन गरेका छन । कोरोना संक्रमण सुरु भएको वर्ष २०७६/०७७ मा १ हजार ७७५ र गत आर्थिक वर्षमा २ हजार ९३५ जनाले मात्रै निकुञ्ज प्रवेश गरेका छन ।

Navadurga sun
Godawari sandesh

कोरोना संक्रमण सुरु भएयता विदेशी पर्यटकको संख्या पनि निकै कम भएको छ । गत आर्थिक वर्षमा ३ जना मात्रै विदेशी पर्यटक आएका थिए । अघिल्लो वर्ष १ सय जना विदेशीले अवलोकन गरेका थिए ।

Loading...