सुदूरपश्चिमका नौ जिल्ला मध्ये कैलाली सबैभन्दा बढी भ्रष्टाचार हुने जिल्ला

अत्तरिया, १७ फागुन– सुदूरपश्चिमका नौ जिल्लामध्ये कैलालीपछि बैतडी दोस्रो नम्बरमा भ्रष्टाचार बढी हुने जिल्लाको सूचीमा रहेको पाइएको छ ।

Dadeldhura hospital

शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैतडीका १० वटै स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला निकायसँगको अन्तरक्रिया कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरेको हो ।

Navadurga sun
Godawari sandesh

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा पेस गरिएको तथ्याङ्क अनुसार सुदूरपश्चिमका नौ वटा जिल्लाबाट परेका १ हजार ३९ वटा उजुरीको छानबिन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. हरि पौडेलले बताए ।

अख्तियारका अनुसार कैलालीका २९५, बैतडीका १५८, कञ्चनपुरका १४४, बझाङका ११९, दार्चुलाका ९७, डडेल्धुराका ८१, डोटीका ७७, अछामका ७४ र बाजुराका ४८ गरेर १ हजार ३९ वटा उजुरीमाथि छानबिन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

Loading...