ऐतिहासिक नायल गाँउमा विद्युतिरणका लागि प्राधिकरणद्वारा टेण्डर (बाेलपत्र आव्हानकाे सूचना)

धनगढी, १६ फागुन– सुदूरपश्चिम प्रदेशको विकासबाट उपेक्षित गरिएको ऐतिहासिक नायल गाँउमा विद्युतिरणका लागि टेण्डर आब्हान भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय सुप प्रदेश कार्यालय धनगढी वितरण केन्द्रले नायल गाँउमा विद्युतीकरणका लागि टेण्डर आब्हान गरेको हो ।

प्राधिकरणले ११ फागुन २०७८ मा नायल गाँउमा हाईटेन्सन लाईन निर्माण, ट्रान्सफर जडान लगायतका कार्यको टेण्डर आब्हान गरेको हो । झण्डै २५ लाख बजेटमा टेण्डर आब्हान भएको प्राधिकरणले जनाएको छ । टेण्डर आब्हान संगै गाँउमा विद्युतीकरण हुनेछ ।

Navadurga sun

कैलाली, कञ्चनपुर र डडेल्धुराको मध्य बिन्दुमा रहेका नायल गाँउमा विद्युतीकरण नहुँदा जनता अन्धकारमा बस्न बाध्य भएका थिए । नेकपा एकिकृत समाजवादी सुप प्रदेशका सदस्य एव युवा नेता सुरेन्द्र बहादुर बमको प्रयासबाट उक्त गाँउको समस्याका लागि कर्मचारीदेखि मन्त्री नेताहरुलाई स्थलगत अनुगमन गराएका थिए ।

पर्यटनमन्त्री प्रेम बहादुर आले, प्रदेशका आर्थिक मामलामन्त्री तारालामा तामाङ्ग, भौतिक पुर्वाधारमन्त्री दिर्घ सोडारी, नेपाल विद्युत प्राधिकरणका निर्देशक जंग बहादुर चन्द लगायतको स्थलगत अनुमगन गराएर गाँउमा विद्युतीकरणका साथै गाँउको एकिकृत पूर्वाधार विकासका लागि प्रतिबद्धता जाहेर गराएका थिए ।

बाेलपत्र आव्हानकाे सूचना:

ADD Khali jpg
ADD Khali jpg
Loading...