काँग्रेस कैलाली अधिवेशन : मतदात कार्य सम्पन्न, २४८६ मत खस्यो

धनगढी, १५ फागुन– नेपाली काँग्रेस कैलालीको अधिवेशन अन्तर्गत मतदात कार्य सम्पन्न भएको छ। आइतबार दिउसो १ बजेदेखि सुरु भएको मतदान साँझ सम्पन्न भएको हो।

२ हजार ५७६ प्रतिनिधि रहेको जिल्लामा २ हजार ४८६ ले मतदान गरेको निर्वाचन समितीले जनाएको छ । आजै रातिदेखि मतगणना सुरु हुने निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले जानकारी दिए । जिल्ला समितिका लागि संस्थापन पक्षबाट दुई र इतर पक्षबाट एक प्यानल चुनावी मैदानमा उत्रिएका थिए।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

संस्थापन पक्षका नारायणदत्त भट्ट र प्रकाशबहादुर बम तथा इतर पक्षबाट रामबहादुर कलेल सभापतिको पदका लागि चुवावी मैदानमा उत्रिएका थिए ।भट्टको प्यानलबाट उपसभापतिमा बडुवालसँगै रामप्रसाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी तथा सहसचिवमा रामसमझ राना र कलेसु चौधरीले उम्मेदवारी दिएका थिए ।

बमको प्यानलबाट उपसभापतिमा खेमराज चौधरी र तेजशंकर भट्ट, सचिवमा नृप सुनार र थर्क शाह तथा सहसचिवमा कृष्ण पाण्डेय र राजेन्द्र खड्काले उम्मेदवारी दर्ता गरेका थिए ।शेखर कोइराला पक्षका कलेलको प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय, सचिवमा देवानन्द जैशी र नवराज जोशी तथा सहसचिवमा रविन्द्रप्रताप सिंह र तीर्थराज जोशीले उम्मेदवारी दिएका थिए । ६७ सदस्यीय जिल्ला समिति चयनका लागि निर्वाचन भईरहेको हो । जसमध्ये १२ जना निर्विरोध चयन भईसकेका छन् ।निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीका अनुसार चार जना थारु महिला सदस्य, ७ जना भूगोलतर्फका सदस्य र एकजना महाधिवेशन प्रतिनिधि निर्विरोध भएका हुन्।

थारु महिला सदस्यमा कल्पना चौधरी, निर्मला चौधरी, फुलनदेवी बडायक र शारदा चौधरी निर्विरोध भएका छन्। सदस्य भुगोलतर्फ कैलारी गाउँपालिकाकी अनिता चौधरी, महिला भूगोलतर्फ धनगढीकी कल्याणी सिंह हमाल र सुशिला भट्ट, भजनीकी नन्दा शर्मा, लम्कीचुहा भूगोलतर्फ राधिका जोशी, मोहन्यालकी झरना सिजालीमगर, जोशीपुरको भूगोलतर्फ धनबहादुर मल्ल पनि निर्विरोध भएका छन्।

यस्तै निर्वाचन समितिका अनुसार महाअधिवेशन प्रतिनिधिमा भीमबहादुर शाह निर्विरोध चयन भएका छन्। यस अघि पटक–पटक सर्दै आएको जिल्ला अधिबेशन फागुन १३ गतेका लागि तोकिएको थियो। फेरि १५ गतेलाई सारिएको थियो।

Loading...