कैलालीको अत्तरियामा ज्योती विकास बैंकको नयाँ शाखा सञ्चालनमा




अत्तरिया, १५ फागुन- कैलालीको अत्तरियामा ज्योती विकास बैंकको नयाँ शाखा सञ्चालनमा आएको छ । कोरोना महामारीका बिच आर्थिक कारोबारमा मन्दि छाएको बेला पनि बैंकले आफ्नो ११३ औं शाखाको रुपमा अत्तरियामा सुरु गरेको हो ।



प्रविधियुक्त समयमा सेवाग्राहीहरुलाई आवश्यकता अनुसारका सेवाहरु उपलब्ध गराउने उद्देश्यले बैंकले शाखा सञ्चालनमा ल्याएको बैंकका मार्केटिङ अफिसर प्रकाश चन्द्र वान्तवाले बताए ।


उनले कर्मसियल बैंकहरुले जस्तो व्यापारीक तरिकाले नभई बैंकलाई सेवामुलक तरिकाले सञ्चालन गर्ने लक्ष्य रहेको बताए । बैंकको चुक्ता पुजीँ करिब ४ अर्वको हाराहारीमा रहेको बताउदै उनले बैंकले आगामी दिनहरुमा पनि सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पनि शाखा विस्तार गर्ने योजना रहेको बताए । सुदूरपश्चिममा बैंकका हाल ४ वटा शाखा रहेको अत्तरिया शाखा प्रमुख सुनिल चन्दले जानकारी दिए ।
ग्राहकलाई उत्कृष्ट सेवा दिने लक्ष्यका साथ २०६५ सालमा स्थापित बैंकले सुदूरपश्चिमका कैलालीको धनगढी, अत्तरिया, हसुलिया र कञ्चनपुरको महेन्द्रनगरमा शाखा सञ्चालनमा ल्याएको उनले बताए । उनले अन्य बैंकहरु भन्दा ज्योती विकास बैंकले सेवाग्राहीलाई चाहिने सम्पुणर् सेवाहरु प्रदान गर्ने गरेको बताए ।