लागु औषध सहित १ जना पक्राउ

Dadeldhura hospital

कञ्चनपुर, १५ फागुन– कञ्चनपुरको बेलौरीबाट लागु औषध खैरो हेरोइन सहित १ जना भारतीय पक्राउ परेका छन् । भारतबाट लागु औषधको कारोबार गर्न नेपाल पैदल आउँदै गरेका भारतको पिलिभित बस्ने अन्दाजी २२ वर्षीय बलजित सिंहलाई बेलौरी नगरपालिका वडा नं. ६ नैकाप नाका आमबगैयाबाट आइतबार दिउँसो पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले बताएका छन् ।

शङ्का लागि चेकजाँच गर्दा सिंहको साथबाट सेतो प्लाष्टिकको थैलीमा दायाँ हातमा कमिजको बाउला भित्र लुकाइछिपाई गरी राखेको अवस्थामा १०.९१ ग्राम लागु औषध (खैरो हेरोइन) समेत बरामद गरिएको छ । पक्राउ परेका सिंहमाथि कानुन बमोजिम थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh
Loading...