गेटा मेडिकल कलेज सञ्चालन गर्ने अन्तिम तयारी

धनगढी, १५ फागुन– आवश्यक भौतिक संरचना तयार भएपछि कैलालीको गेटा मेडिकल कलेज सञ्चालन गर्ने तयारी थालिएको छ । अबको केही दिनभित्रै मेडिकल कलेजमा अस्पताल सञ्चालन गर्ने तयारी भएको हो । शिक्षा मन्त्रालय मार्फत भौतिक संरचना निर्माणको काम भइरहेकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल कलेजमा तीन सय शय्याको अस्पताल सञ्चालन गर्ने अन्तिम तयारी गरिरहेको हो ।

त्यसका लागि स्वास्थ्य सचिव डा.रोशन पोखरेलको संयोजकत्वमा एक समिति गठन गरिएको छ । उक्त समितिले तीन सय शय्याको अस्पताल सञ्चालन गर्न आवश्यक जनशक्ति विवरण र उपकरणको खर्च समेटेर अर्थ मन्त्रालयलाई प्रतिवेदन बुझाउने जनाएको छ । अर्थ मन्त्रालयले बजेट विनियोजन गरेलगत्तै ११ तहको मेडिकल सुपरिटेन्डेन्ट पठाएर अस्पताल सञ्चालन हुने स्वास्थ्य मन्त्रालयका सचिव पोखरेलले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

अस्पताल सञ्चालन भएपछि जनरल फिजिसियन, जनरल शल्यक्रिया, स्त्रीरोग तथा प्रसूति सेवा, बालरोग तथा शिशु, दन्त चिकित्सा, हाडजोर्नी, सामान्य आँखा उपचार, फिजियोथेरापी, एनेस्थेसियोलोजी, नाक, कान, घाँटी, मानसिक रोग, चर्म तथा यौनरोग सेवा सञ्चालन हुने बताएका छन् ।

त्यसका लागि ११औं तहको मेडिकल सुपरिटेन्डेन्ट एक जना, मेट्रोन र अस्पताल व्यवस्थापन अधिकृत एक/एक जना, आइटी अधिकृत र बायो मेडिकल इन्जिनियर सहायक दुई/दुई जना आवयश्क पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मेडिकल रेकर्डर २ जना, लेखापाल, स्टोर किपर, सहायक अधिकृत, रिसेप्सनिस्ट, न्युरोलोजिस्ट, क्रिटिकल केयरमा एक/एक जना, तीन जना नर्सिङ सुपरभाइजर, २४ जना मेडिकल अधिकृत (प्रति सय शय्या), ८ जना नर्सिङ अधिकृत (प्रति सय शय्या, ४० जना नर्स (प्रति सय शय्या), १२ जना पारामेडिकल स्टाफ (प्रति सय शय्या) र २ जना डेन्टर हाइजेनिस्ट आवश्यक पर्ने जनाइएको छ ।

सरकारले कुन मोडेलमा सञ्चालन गर्नेबारे टुंगो लगाएको छैन । मेडिकल कलेज, मेडिकल विश्वविद्यालय वा प्रतिष्ठान के बनाउने भन्ने टुंगो नलागेको हो । सुदूरपश्चिमवासीले भने मेडिकल विश्वविद्यालयको रुपमा सञ्चालन हुनुपर्ने माग गरेका छन् ।

Loading...