रेडक्रस कैलालीका एम्बुलेन्स चालक देवीलाल ओझा पुरस्कृत

अत्तरिया, १४ फागन- नेपाल रेडक्रस सोसाईटी कैलालीका एम्बुलेन्स चालक देवीलाल ओझा पुरस्कृत भएका छन । भिप्लभ मानव रक्षक समुह अत्तरिया कैलालीले ओझालाई एम्बुलेन्स चालक स्व. रमेश मल्ल स्मृति पुरस्कारबाट पुरस्कृत गरेको हो ।

Ganyapdhura gau

पहिलो संस्करणको रुपमा एम्बुलेन्स चालक ओझालाई खादा र सम्मानपत्रका साथै नगद ५ हजार रुपैयाबाट सम्मानित गरिएको भिप्लभ मानव रक्षक समुहका संस्थापक सदस्य विनोद मल्ल (भिप्लभ) ले जानकारी दिए ।

Navadurga sun
Dadhaldhura pur

उनले समाजमा सधै अरुको सेवामा समर्पित एम्बुलेन्स चालक स्व. रमेश मल्लले जस्तै दुखी बिरामीहरुको सेवामा सदैव अग्रसर रहने एम्बुलेन्स चालकहरुलाई समुहले पुरस्कृत गर्ने बताए । उनले पहिलो संस्करणका रुपमा शनिबार पुरस्कृत गरेको र आगामी दिनहरुमा २/२ वर्षमा पुरस्कृत गरिने बताए । एम्बुलेन्स चालकहरु आफ्नो ज्यानको प्रवाह नगरी काममा निरन्तर खटिरहे पनि अरुले झै सम्मान नपाउने भएकाले उनिहरुको प्रोत्साहनको लागी समुहले अभियान थालेको उनले बताए ।

पुरस्कारका कारण आगामी दिनहरुमा पनि समाजमा रहेका दुखी र समस्यामा परेका व्यक्तिहरुको सहयोगका लागी एम्बुलेन्स चालकहरु अग्रणी रुपमा लाग्नेछन भन्ने विश्वास व्यक्त गरेका थिए ।

पुरस्कार वितरण कार्यक्रममा संयुक्त एम्बुलेन्स चालक संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष बलदेव भट्ट, खुसलोक अस्पताल बरेलीका ईन्द्रजित सिँह, प्रतिभा समाजका उपाध्यक्ष एवम् एम्बुलेन्स चालक विर सिँह रावल, गोदावरी चेम्बर अफ कर्मशका अध्यक्ष तिर्थराज ओझा लगायतको उपस्थिति रहेको थियो ।

भिप्लव ह्युमन केयर ग्रुप अत्तरियाले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमको सहयोगी संस्थाका रुपमा संयुक्त एम्बुलेन्स चालक संघ सुदूरपश्चिम प्रदेश र ज्वाला देवी युवा क्लब बास्कोटा रहेको थियो । कार्यक्रमको सञ्चालक भिप्लभ मानव रक्षक समुहका सदस्य लोकराज उपाध्ययले गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...