कञ्चनपुरमा मतदाता नामावली सङ्कलन कार्यक्रमबाट २० हजार बढी नयाँ मतदाता थपिए

कञ्चनपुर, १३ फागुन– कञ्चनपुर जिल्लामा २० हजार बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले पछिल्लो पटक सञ्चालन गरेको मतदाता नामावली सङ्कलन कार्यक्रमबाट जिल्लामा २० हजार २ सय ८२ जना नयाँ मतदाता थपिएको जनाएको छ ।

Dadeldhura hospital

विगतमा २ लाख ७७ हजार ५९ मतदाता रहेकोमा र अहिले बढेर २ लाख ९७ हजार ३ सय ४१ जना पुगेको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका सूचना अधिकारी भान बहादुर महराले बताए ।

Navadurga sun
Godawari sandesh

उनले फागुन १९ गते देखि उक्त नामावली स्थानीय तहहरूमा दाबी विरोधका लागि पठाइने र त्यस पछि आयोगले अन्तिम नामावली प्रकाशन गर्ने बताएका छन् ।

उनले जिल्लाका ९ वटै पालिकाहरू १ सय ३२ मतदान स्थल र ३ सय ४४ केन्द्र रहेका छन् । यस अघि २०७४ सालको स्थानीय निर्वाचनमा ३ सय २० केन्द्र रहेका थिए ।

Loading...