बुद्धिजिवी परिषद(समाजवादी) सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कुँवर




कञ्चनपुर, १३ फागुन– नेकपा एकीकृत समाजवादी निकट नेपाल बुद्धिजिवी परिषद (समाजवादी) सुदूरपश्चिम प्रदेशको अध्यक्षमा गणेश कुँवर सर्वसम्मत चयन भएका छन । नेपाल बुद्धिजिवी परिष्द(समाजवादी) सुदूरपश्चिम प्रदेशको शुक्रबार महेन्द्रनगरमा सम्पन्न भएको प्रथम प्रदेश अधिवेशनबाट अध्यक्षमा कुँवर सर्वसम्मन चयन भएका हुन् ।



समाजवादी पार्टी निकट युवा विद्यार्थी नेता प्रज्वल कुँवरले बुद्धिजिवी प्रदेशको प्रथम अधिवेशनबाट सर्वसम्मत तरिकाले प्रदेश कमिटि चयन भएको बताए । उनका अनुसार पार्टीका अध्यक्ष एव पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले भर्चुअल माध्यमबाट सम्मेलनको उद्घाटन गरेका थिए ।


त्यसैगरी उपाध्यक्ष झकर कुँवर, दान ब. मडै, सचिव राज ब. कठायत, कोषाध्यक्ष यज्ञराज पन्त, उपसचिव युवराज रिमाल, पुष्पा नेगी चयन भएका छन् । सदस्यहरु तर्फ पुष्पा नेगी, गोबिन्द विष्ट, लक्ष्मी नेगी, राजेन्द्र राज पाण्डे, लोक बहादुर थापा, मिना कुँवर, मोहनदेव पन्त, विष्ना पन्त, चित्र कुमार भट्ट, हरिसि विष्ट, जयन्ती निदाल, ऐश्वर्या विष्ट, दिपेन्द्रराज सिडारी, कर्ण बहादुर साउद, रेनु कार्की, नर बहादुर बोहरा, नर बहादुर थापा, भरत रावल, केशर कुँवर, गोपाल सिह साउद, राजेन्द्र चापागाई, लक्ष्मीदत्त जोशी, जयन्ती विष्ट सहित चयन भएका छन ।
उद्घाटन समारोहमा नेकपा एकीकृत समाजवादी सुप प्रदेश इन्चार्ज गरिमा शाह, स्थायी कमिटी सदस्य उर्वादत्त पन्त, भानुभक्त जोशी, कञ्चनपुर जिल्ला सचिव हरक सिह धामी लगायतको उपस्थिति रहेको थियो ।