कञ्चनपुरको बेलौरीबाट ब्राउन सुगर सहित दुई युवक पक्राउ

Dadeldhura hospital

कञ्चनपुर, १२ फागुन– कञ्चनपुरको बेलौरीबाट ब्राउन सुगर सहित २ युवकलाई प्रहरीले पक्राउ गरेको छ । बिहिवार बेलौरी नगरपालिका वडा नं. ६ रिछाहाबाट ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले मुख भित्र ४.११ ग्राम ब्राउन सुगर लुकाएको अवस्थामा २ युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उ.म.न.पा. २ बस्ने अन्दाजी २६ बर्षिय दिपक बिष्ट र सोही ठाउँका ३१ बर्षिय गोपी बि.क. रहेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले जानकारी दिए ।

प्रहरी निरीक्षक खड्काका अनुसार बेलौरी स्थित विद्युत प्राधिकरणको कार्यालयको उत्तर तर्फको बाटोमा से २ प ३४५४ नम्बरको मोटरसाईकलमा सवार युवाहरुलाई शंकाको आधारमा चेकजाँच गर्दा ब्राउन सुगर फेला परेको बताए । पक्राउ परेका दुबै जना र मोटरसाईकल नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको खड्काले बताए ।

Loading...