सुदूरपश्चिम प्रादेशिक महोत्वसको सम्पूर्ण तयारी पूरा, मन्त्री आलेले उद्घाटन गर्ने

गोदावरी आर्यघाटको ब्यबस्थापनका लागी प्रति टिकट ५० पैसा छुट्याइने

अत्तरिया, १२ फागुन- कैलालीको अत्तरियामा भोलीवाट महोत्सव सुरु हुने भएको छ । सम्बृद्ध प्रदेशको आधार कृषि , पर्यटन र ब्यापार भन्ने मुल नाराका साथ भोलीवाट सुरु हुने छैठो संस्करणको सुदूरपश्चिम प्रादेशिक महोत्सवको सम्पणू तयारी पुरा भएको छ ।

आयोजक अत्तरिया उद्योग बाणिज्य संघले आज संघको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै यहि फागुन १३ गतेवाट २५ गतेसम्म संचालन हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भैसकेको जनाएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

महोत्सबको भोली दिउँसो एक भब्य समारोहका बिच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले उद्घाटन गर्ने कार्यक्रम तय भएको अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष असोक देवकोटाले जानकारी दिए ।

अत्तरिया स्थित पूर्वरोडमा रहेको लामीताल परिसरमा संचालन हुने महोत्सब यस अघि कोरोनाका कारण सम्पूणर् तयारी पुरा भएको अबस्थामा एक दिन अघि मात्रै स्थगित गर्नुपरेको थियो ।

लाखौ खर्च गरेर महोत्सब स्थलमा आवश्यक सम्पूणर् तयार पुरा गरेपनि स्थगित गर्नुपरेपनि अहिले देशभर कोरोना संक्रमण दर घटेसँगै पुन जिल्ला प्रशासन कार्यालय कैलालीसंगको अनुमतिमा यही फागुन ५ गते संघका पदाधिकारीहरुको बैठक बसेर पुन रोकिएको महोत्सव संचालन गर्ने निणर्य गरिएको अध्यक्ष देवकोटाले बताए ।

उनले एक हप्ताको छोटो अबधिमा पनि तयारी पुरा गरेर रोकिएको महोत्सबलाई निरन्तरता दिन र ब्यापार ब्यवासायलाई चलायमान बनाइ राख्न महोत्सब संचालन गर्न लागिएको बताए ।

Dadeldhura hospital

उनले सुरक्षालाई बिषेश ध्यान दिएर सिसि क्यामरा जडान गरिएको र थप आवश्यक परेमा ड्रोन क्यामरा मार्फत पनि निगरानि राखिने बताए । यस्तै कोरोनाका जोखिम कायमै रहेकाले टिकट काउन्टरमा निःशुल्क मास्कको समेत ब्यास्था गरिएको उनले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै अत्तरिया उधोग वाणिज्य संघका संस्थापक अध्यक्ष बसन्त रोकाया ललितले महोत्सब एक प्रकारको पर्व नै रहेकाले यसलाई निरन्तरता दिनका लागि यस पटक पनि आयोजना गर्न लागिएको बताए ।

उनले उधोग वाणिज्य संघ स्थापना भएपछि अत्तरियामा बिभिन्न मुद्धाहरुको उठान गर्दै कार्याक्रमका प्रमुख अतिथीमाझ बिभिन्न किसिमका माग पत्रहरु पेश गर्दै आएको र यस पटक पनि पर्यटन मन्त्रीलाई माग पत्र बुझाइने बताए ।

उनले महोत्सबको आयोजना उधोग वाणिज्य संघले गरेपनि यो सबैको पर्व भएकाले सबैलाई आ-आफ्नो क्षेत्रवाट साथ, सहयोग र सुझावहरु दिएर सम्पन्न गर्नुपर्ने धारणा राखे । उधोग वाणिज्य संघले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत यस पटक पनि महोत्सववाट उठेको केही रकम सामाजिक कार्यमा लगानी गर्ने भएको छ ।

उधोग वाणिज्य संघका अध्यक्ष देवकोटाले यस पटक महोत्सब अवलोकन गर्न आएका ब्यक्तिहरुले काटेको टिकटवाट प्रति टिकट ५० पैसा रकम संकलन गरेर गोदावरीमा अस्थब्यस्त रहेको गोदावरी आर्यघाटको ब्यबस्थापनमा खर्च गरिने बताए ।

उनले संस्थाले आफ्नो सामाजिक काम अन्र्तगत गोदावरी आर्यघाट ब्यबस्थापनका लागि टिकटवाट रकम छुट्याएको बताए । महोत्सवमा सर्बसाधारणहरुलाई ५० र बिद्यार्धीहरुलाई ४० रुपैया टिकट दर तोकिएको छ भने शारिरिक रुपमा अपांगता भएका ब्यक्ति र जेष्ठ नागरिकहरुलाई परिचयपत्रका आधारमा निःशुल्क प्रबेशको व्यबस्था मिलाएको उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सबमा १ लाख मानिसहरुले अबलोकन गर्ने अनुमान गरिएको छ भने डेढ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।

Loading...