मोटरसाइकल दुर्घटना हुँदा महेन्द्रनगरका व्यापारी गम्भीर घाइते

कञ्चनपुर, १२ फागुन- पूर्व-पश्चिम राजमार्गको गुलरिया नजिक बिहीवार दिउसो मोटरसाइकल दुर्घटना हुँदा महेन्द्रनगरका एक जना व्यापारी गम्भीर घाइते भएका छन् ।

Dadeldhura hospital

राजमार्गको कृष्णपुर नगरपालिका वडा नं. ५ चिनी मिल नजिक सुपप्र २००३ प ६१६६ नम्बरको प्लसर मोटरसाइकल आफै अनियन्त्रित भएर सडकमा पल्टिदा भीमदत्त नगरपालिका वडा नं. ६ का हेमन्त पाठक घाइते भएका हुन् ।

Navadurga sun
Godawari sandesh

इलाका प्रहरी कार्यालय गुलरियाका इन्चार्ज सई राधाकृष्ण नाथका अनुसार अत्तरिया तर्फ आइरहेका पाठक मोटरसाइकल अनियन्त्रित भएर सडकमा खसेका थिए । उनको तत्काल उद्धार गरी उपचारका लागि एम्बुलेन्समा धनगढीस्थित अस्पताल पठाइएको उनले बताए । पाठकको महेन्द्रनगरमा खाद्य उद्योग छ । उनको टाउको र अनुहारमा गम्भीर चोट लागेको छ ।

Loading...