कैलालीमा हतियार सहित ३ जना पक्राउ

धनगढी, १२ फागुन– कैलालीमा सशस्त्र प्रहरीले हतियार सहित ३ जनालाई पक्राउ गरेको छ । कैलारी गाउँपालिका वडा नं.५ छोटकी पलियाबाट सशस्त्र प्रहरीले ३ जनालाई हतियार सहित पक्राउ गरेको हो ।

Dadeldhura hospital

सशस्त्र प्रहरीको गस्ती टोलीले बिहीबार १ थान बन्दुक र ५ कार्तोस (गोली) सहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले बताए । जोशीका अनुसार कैलारी गाउँपालिका वडा नं. ३ का स्थानीय ५३ वर्षीय लौटन चौधरी, ३५ वर्षीय वीरेन्द्र चौधरी र २१ वर्षीय सन्तराम चौधरीलाई पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जनालाई सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय नं. ३४ गणमा राखिएको छ ।

Navadurga sun
Godawari sandesh

सशस्त्र प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाउने तयारी गरेको छ । अहिले तीनै जना सशस्त्र प्रहरीकै नियन्त्रणमा छन् सशस्त्र प्रहरीले जिम्मा लगाएपछि कारबाही पक्रिया अगाडी बढ्ने समेत बताइएको छ ।

Loading...