बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया, ११ फागुन– बर्दियामा पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै पाटे बाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिका वडा नं. ४ सैनवार गाउँकी ४१ वर्षीया लिलि थारुको मृत्यु भएको हो ।

Dadeldhura hospital

निकुञ्जसँग सीमा जोडिएको आफ्नो घर नजिक बंगुरलाई चारो दिन लाग्दा बाघले आक्रमण गरेको मध्यवर्ती क्षेत्र अन्तर्गत बबई उपभोक्ता समितिका अध्यक्ष चक्रप्रसाद खनालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

बाघले आक्रमण गरे लगत्तै महिला चिच्याएपछि स्थानीयले होहल्ला गर्दा बाघले छाडेर गएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ । मृतक थारुको शव मंगलबार राति नै पोस्टमार्टमका लागि गुलरिया लगिएको छ।

Loading...