कैलालीको धनगढीमा रहेको नेशनल प्याथ ल्याबले पत्रकारलाई ३० प्रतिशत छुट दिने

धनगढी, १० फागुन- कैलालीको धनगढीमा रहेको नेशनल प्याथ ल्याबले पत्रकारलाई ३० प्रतिशत छुट दिने भएको छ । मंगलबार नेशनल प्याथ ल्याब र पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिबीच उक्त सम्झौता भएको हो ।

Dadeldhura hospital

सम्झौता अनुसार पत्रकार, सञ्चार गृहमा कार्यरत कर्मचारी र पत्रकारका परिवारलाई ल्याबले प्रदान गर्ने सेवा, स्वास्थ्य परीक्षण तथा सुविधामा ३० प्रतिशत छुट दिइने भएको छ ।

Navadurga sun
Godawari sandesh

मंगलबार पत्रकार महासंघ सुदूरपश्चिमका सचिव हरी जोशी र ल्याबका प्रवन्धक हरी सिंह धामीले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त छुट पाउन पत्रकार महासंघको सिफारिस र परिचय पत्र अनिवार्य लग्नुपर्ने बताइएको छ । नियमित स्वास्थ्य परीक्षण गराउँदा विभिन्न रोगबाट बच्न सकिने हुँदा पत्रकार र उनका परिवारको हितका लागि यो सम्झौता गरिएको सचिव जोशीले बताए ।

Loading...