गोदावरीमा काँग्रेसले संगठन बिस्तारमा तिब्र

अत्तरिया, ५ फागुन- गोदावरीमा काँग्रेसले संगठन बिस्तारलाई तिब्र पारेको छ । काँग्रेसका नेताहरु वडा वडामा पुगेर गाउँ टोल कमिटी गठन गरिरहेको छ । त्यसै क्रममा वडा नम्बर १ बिजयनगरमा २५ सदस्यीय टोल समिती गठन गरेको छ ।

Dadeldhura hospital

आसन्न स्थानिय निर्बाचनमा वडा नम्बर १ मा जसरी पनि चुनाव जित्ने गरी समिती बिस्तारलाई तिब्र पारिएको एक नेताले बताए ।
गत स्थानिय तहको निर्बाचनमा वडा नम्बर १ मा संगठन बलियो भएपनी हार ब्यहोर्नु परेको उनको बुझाई रहेको छ । नगरपालिका भित्रका वडाहरुमा वडा समिती बिस्तारको लागी क्षेत्रिय सभापती बसन्त रोकाया ललित सहितको टिम जुटेको छ। काँग्रेसले आसन्न निर्बाचनलाई लक्षित गरेर नै संगठन बिस्तारलाई तिब्र बनाएको हो ।

Navadurga sun
Godawari sandesh

गोदावरी नगरपालिकामा आफ्नो जितलाई जसरी पनि पक्षमा पार्ने नेताहरुको भनाई रहेको छ । पार्टी अधिबेशनका क्रममा बिभाजित भएको काँग्रेस भित्र दुई धार अहिले पनि कायम नै रहेको छ । तर चुनाव सम्म एक ढिक्का भएर निर्बाचनमा होमिने पार्टीको योजना रहेको नेताहरुले बताएका छन ।

Loading...