कैलालीको अत्तरियामा सुदूरपश्चिम प्रादेशिक महोत्सव आयोजना हुने





अत्तरिया, ५ फागुन – कैलालीको अत्तरियामा सुदूरपश्चिम प्रादेशिक महोत्सव आयोजना हुने भएको छ । बिहिबार अत्तरिया उद्योग बाणिज्य संघको कार्यसमिति बैठकले फागुन १३ गते देखि २५ गते सम्म महोत्सव आयोजना गर्ने निणर्य गरेको हो ।



अत्तरिया उद्योग बाणिज्य संघका महासचिव यज्ञ राज जोशीले महोत्सव अत्तरियाको लामिताल परिसरमा आयोजना गरिने बताए। महोत्सव अत्तरियाको लामिताल परिसरमा आयोजना हुने बताइएको छ ।


यसअघि पुस महिनामा गर्ने भनिएको महोत्सव कोरोनाका कारण स्थगित गरिएको थियो । बिगतका दिनहरु जस्तै ब्यापार ब्यबसायमा बृद्धि गर्नको लागि महोत्सबको आयोजना हुन लागेका आयोजकले जनाएको छ ।



