एमसीसी बिरुद्धमा कैलाली र कञ्चनपुरमा समेत नेपाल बन्दको प्रभाव




अत्तरिया, ४ फागुन– एमसीसीको बिरुद्धमा देशभर ६ दलिय मोर्चाले गरेको बन्दको प्रभाव कैलाली र कञ्चनपुरमा पनि परेको छ । बन्दका कारण यस क्षेत्रमा लामो दुरीका सवारी साधन नियमित संचालनमा आउन सकेका छैनन् भने छोटो दुरीका सवारी साधन केही मात्रामा मात्रै चलेका छन ।


अत्तरिया बजार पनि बन्द रहेको थिए भने चोकमा बिहानै देखि बन्दकर्ता युवाहरुले नारा जुलुस गर्दै सवारी साधन चल्न दिएका थिएनन् ।


त्यस्तै अत्तरिया चोकमै स्थानीय कलाकारहरुले मादल र हार्मोनियम बजाउँदै नाचगान समेत गरेका छन् । उनीहरुले एमसीसीको बिरुद्धमा गित गाउँदै बिच सडकमा सांस्कृतिक प्रदर्शन समेत गरेका थिए ।

त्यसैगरी कञ्चनपुरमा पनि एमसीसी बिरुद्धमा बुधबार नेपाल बन्द गरिएको छ । नेकपा विप्लव, बैद्य, वैज्ञानिक समाजवादी कम्यूनिष्ट पार्टी, माओवादी केन्द्र समाजवादी दल सहितका मोर्चाले राष्ट्रघाती एमसीसी बिरुद्धमा नेपाल बन्द गरेका हुन । बन्दको असर कञ्चनपुरमा समेत परेको थियो ।
बिहानैदेखि बन्दकर्ताहरुले ठाँउ ठाँउमा टायर बालेर राष्ट्रघाती एमसीसी खारेजीका लागि बाध्यात्मक कदम भएको बताएका थिए । बन्दका कारण बिहानै देखि कञ्चनपुरका सार्वजनिक यातायात संचालन भएनन् । शिक्षण संस्था, उद्योग धन्दा कलकारखाना बजार समेत आनशिक रुपमा बन्द भएका थिए ।
बन्दका कारण भारतबाट फर्किएका नेपाली बसपार्क क्षेत्रमा अलपत्र परेका थिए । नेकपा विप्लव कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले राष्ट्रघाती सम्झौतालाई संसदबाट पारित गराउन खोजिएको बिरुद्धमा विप्लव, बैद्य सहितका दलहरुले बाध्यताबस नेपाल बन्द आब्हान गरिएको बताए ।
बन्दका क्रममा भीमदत्त नगरपालिका ४ का वडाध्यक्ष लक्ष्मीदत्त बोहराले चलाउने सरकारी मोटरसाईकल समेत नियन्त्रण लिएर फिर्ता गरिएको छ । कोण सभा गरेर साँझ ५ बजेतिर बन्द समान भएको घोषणा गरिएको थियो ।
नेकपा विप्लव कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले राष्ट्रघाती कदम बिद्धमा गरिएको संघर्षमा आम जनताको साथ सर्मथन पाएको भन्दै धन्यवाद प्रकट गरेका छन । बन्द सफल भएको उनले ठहर छ । नागरिकले भने बन्द हड्ताल भन्दा वैकल्पिक विधिबाट दवाव सृजना गर्नुपर्नेमा जोड दिएका छन ।



