धनगढी मेयर एलपीएल : एभरेस्ट र सत्यवतीको लगातार दोस्रो जित

धनगढी, ४ फागुन- धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग विद्यालय स्तरीय यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिन सम्पन्न २ वटा खेलमा अत्तरियाको एभरेस्ट एकेडेमी र सत्यवती एकेडेमी विजयी भएका छन् । प्रतियोगितामा दुवै टिमको यो लगातार दोस्रो जित हो ।

धनगढी स्थित सङ्घीय प्रहरीको खेल मैदानमा सम्पन्न तेस्रो दिनको पहिलो खेलमा एभरेस्ट एकेडेमीले सैनिक आवासीय माविलाई ६ विकेटले पराजित गर्‍यो । सैनिकले दिएको १०४ रनको लक्ष्य एभरेस्ट एकेडेमीले १६ ओभरमा ४ विकेट गुमाएर भेटायो ।

godawari10 Mahila hinsa
Navadurga sun

एभरेस्टका लागि रितिक थापाले ३ चौका र १ छक्का प्रहार गर्दै ३६ बलमा सर्वाधिक ४२ रन बनाए । त्यस्तै कृश ऐरले अविजित २९ रन बनाए । रितिक र कृशले पाँचौँ विकेटको लागि अविजित ६० रनको साझेदारी गरेका थिए । सैनिक आवासीयका बलर आकाश चन्दले दुई तथा खडक बोहरा र गौतम केसीले समान एक विकेट लिए ।

Dadeldhura hospital

यस अघि टस जितेर ब्याटिङ गरेको सैनिक आवासीयले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १०३ रन बनाएको थियो । उसका लागि गौतम केसीले सर्वाधिक ३१ तथा सगर चन्दले २१ रन बनाए । एभरेस्ट एकेडेमीका बलर गोविन्द बिस्टले सर्वाधिक ३ विकेट, धर्म जोशी र दीपक रोकायाले समान दुई विकेट र कृश ऐरले एक विकेट लिए । खेलको प्लेयर अफ द म्याच गोविन्द बिस्ट भएका थिए ।

दोस्रो खेलमा सत्यवती एकेडेमीले बिद्याभुषण पब्लिक स्कुललाई ४ विकेटले पराजित गर्‍यो । विद्याभुषणले दिएको १२२ रनको लक्ष्य सत्यवतीले १६ ओभरमा भेटायो ।

सत्यवतीको लागि यु-१९ राष्ट्रिय क्रिकेटर समेत रहेका सन्तोष कार्कीले सर्वाधिक ५२ रन बनाए । त्यस्तै सुजन गौतमले अविजित ३२ रन बनाए । आदील अन्सारीले १८ रनको योगदान दिए । विद्याभुषणको बलिङमा कप्तान शेर मल्लले दुई तथा वीरेन्द्र नाथ र अर्जुन साउदले समान एक विकेट लिए ।

यस अघि टस जितेर ब्याटिङ गरेको विद्याभुषणले १९.१ ओभरमा सम्पूणर् विकेट गुमाएर १२१ रन बनाएको थियो । उसका लागि ओपनर प्रदीप चन्दले सर्वाधिक ३४, वीरेन्द्र नाथले २४ तथा नरेन्द्र साउदले १६ रन बनाए । अर्जुन साउदले १२ तथा शेर मल्लले ९ रन मात्र बनाउन सके । सत्यवती एकेडेमीका बलर सन्दीप खत्रीले सर्वाधिक तीन विकेट लिँदा आदील अन्सारी, नीरज भट्ट र युवराज खत्रीले समान दुई विकेट लिए । खेलको प्लेयर अफ द म्याच सन्तोष कार्की भए ।

प्रतियोगिता अन्तर्गत बिहीबार दुई खेल हुनेछन् । प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Loading...