फागुन ४ गते नेपाल बन्द




कञ्चनपुर, ३ फागुन– एमसीसी बिरुद्धमा फागुन ४ गते नेपाल बन्दको घोषणा गरिएको छ । विभिन्न राजनीतिक दलले एमसीसी बिरुद्धमा नेपाल बन्दको आब्हान गरेका हुन् ।


संसदवादी दल र सरकारले राष्ट्रघाती संसदबाट पास गराउन खोजिएको भन्दै नेकपा विप्लव, नेकपा बैद्य, वैज्ञानिक समाजवादी कम्यूनिष्ट पार्टी, माओवादी केन्द्र समाजवादी दलले राष्ट्रघाती एमसीसी बिरुद्धमा नेपाल बन्दको घोषणा गरेका हुन ।


नेकपा विप्लव कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले राष्ट्रघाती सम्झौतालाई संसदबाट पारित गराउन खोजिएको बिरुद्धमा विप्लव, बैद्य सहितका दलहरुले बाध्यताबस नेपाल बन्द आब्हान गरिएको बताए ।
उनका अनुसार कञ्चनपुरमा समेत तीन राजनीतिक दलले बन्द सफल पार्नका लागि आब्हान गरेका छन । नेकपा विप्लवका सचिव जिवन, देशभक्त जनतान्त्रिक मोर्चाका अध्यक्ष विष्णू र क्रान्तिकारी माओवादीका सचिव कैलाशद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा संसदीय व्यवस्थाको दुरुपयोग गरेर राष्ट्रघाती एमसीसी पास गराउन खोजिएको भन्दै एकदिने बन्दमा ऐक्यबद्धता जनाउन अपिल गरेका छन ।

बन्दको अवाज्ञा गरी हुनसक्ने क्षतिको स्वयम बन्दबिरोधीकर्ता नै जिम्मेबार हुने चेतावनी दिएको छ । तर नागरिकले भने बन्द हड्ताल भन्दा वैकल्पिक विधिबाट दवाव सृजना गर्नुपर्नेमा जोडदिएका छन् ।
एमसीसी खारेजीको माग राखेर राँके जुलुस :

नेकपा विप्लव बैद्य सहितका राजनीतिक दलहरुले एमसीसी खारेजीको माग अघि सारेर राँके जुलुस निलेका छन । एमसीसी बिरुद्धमा फागुन ४ गते घोषणा गरिएको नेपाल बन्दको पुर्व सन्ध्यामा मंगलबार साँझ कञ्चनपुरको महेन्द्रनगरमा राँके जुलुस निकालिएको हो ।
नेकपा विप्लव कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले राष्ट्रघाती सम्झौता बिरुद्ध मसाल जुलुस निकालेको बताए । बन्दको पुर्व सन्ध्यामा एमसीसी खारेजीको माग अघि सारिएको छ ।




