धनगढीमा लिटल फ्लावर प्रिमियर लिग सुरु, सत्यवतीको विजयी सुरुवात

धनगढी, २ फागुन- कैलालीको धनगढीमा सोमबार देखि अन्डर-१९ बिद्यालय स्तरीय धनगढी मेयर लिटर फ्लावर प्रिमियर लिग टि-ट्वान्टी प्रतियोगिताको छैठौं संस्करण सुरु भएको छ ।

धनगढी स्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा सत्यवती एकेडेमीले आयोजक लिटल फ्लावरलाई ७३ रनले पराजित गर्यो ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

खेलमा सत्यवती एकेडेमीले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा लिटल फ्लावरले पुरै २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट क्षेतीमा १२४ रन मात्र बनाउन सक्यो ।

लिटल फ्लावरको ब्याटिंगमा कप्तान बिपिन रावलले सर्वाधिक ६२ रन बनाए जुन क्रममा ४५ बलमा ८ चौका र २ छक्का प्रहार गरे । त्यस्तै नरेन भट्टले २८ रन बनाए । सत्यवती एकेडेमीका बलर निरज भट्ट र युवराज खत्रीले समान दुई विकेट लिए भने सन्तोष कार्की, सन्दिप खत्री र सुजन गौतमले समान एक विकेट लिए । यस अघि टस जितेर ब्याटिंग गरेको सत्यवती एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १९७ रन बनाएको थियो ।

सत्यवती एकेडेमीको लागि सन्दिप खत्रीले सर्वाधिक ६६ रन बनाए जुन क्रममा २९ बलमा २ चौका र ७ छक्का प्रहार गरे । त्यस्तै सन्तोष कार्कीले ३३ रन, खगेन्द्र जोशीले ३२ रन तथा आदील अन्सारीले ३० रन योगदान दिए । लिटल फ्लावरका बलर प्रकाश जैसी, अनुराग सिंह र सुवास ऐरले समान दुई विकेट लिए । खेलको प्लेयर अफ द म्याच सन्दिप खत्री घोषित भए ।

प्रतियोगिता अन्तर्गत मंगलबार दुई खेल हुनेछन् । बिहान ९ः३० बजे हुने पहिलो खेलमा होलिल्याण्ड इङ्गलिस बोर्डिङ्ग स्कुल र एभरेष्ट एकेडेमीले खेल्नेछन् भने दोस्रो खेल दिउँसो १ः३० बजे गुरुकुल इङ्गलिस मिडियम स्कुल र स्टेपिंग इङ्गलिस स्कुल बिच हुनेछ ।

Loading...