संरक्षण सम्ब्रद्धन अभावका कारण चुरेको ऐतिहासिक नायल ताल ओझेलमा

कञ्चनपुर, २ फागुन- प्राकृतिक सौन्र्दयताले भरिभराउ सुदूरपश्चिम प्रदेश चुरेको एक प्राकृतिक ताल ओझेलमा परेको छ । संरक्षण सम्ब्रद्धन अभावका कारण कञ्चनपुर, कैलाली र डडेल्धुराको सीमा क्षेत्रमा रहेको नायल ताल ओझेलमा परेको हो ।

ताल संरक्षणका लागि सरकारी निकायबाट पहल नहुँदा ताल पुरिदै गएको छ । उक्त ताल ऐतिहासिक ताल हो । तर ईतिहास र प्राकृतिक सौन्र्दयताले भरिभराउ ताल संरक्षणका लागि तीनै सरकार बेखबर छन । उक्त तालदेखि झण्डै ६०/७० किलोमिटर उत्तरमा रहेको तालमा प्रदेश सरकारको नजर समेत परेको छैन । समान्यतया उत्तरदेखि दक्षिण पानी बहन्छ, चारैतिर डाँडाले घेरिएको ताल दक्षिणदेखि उत्तर बगेको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

अदुद्विय शक्ति रहेको उक्त ताल दैविय शक्तिका रुपमा समेत परिचित रहेको छ । झण्डै १ किलोमिटर लम्बाई भएको ताल ३ सय ४० हेक्टर क्षेत्रफलमा फैलिएको छ । बर्षभरी कञ्चनपानी रहेको ताल धार्मिक दृष्ट्रिकोणबाट समेत महत्वपूणर् मानिन्छ । विगत सुदूरपश्चिम डोटी राज्य हुँदा मुगल दरबारका रुपमा परिचित गाँउमा रहेको नायल ताल अहिले संरक्षण अभावका कारण ओझेलमा पर्दै आएको स्थानीयवासीहरु बताउँछन ।

स्थानीय यज्ञ बोहराले ताल संरक्षणका लागि तीन तहको सरकारबाट पहल नभएको बताए । ‘यो बाह्रै महिना ताल भरिभराउ हुन्छ, ‘उनले भने, ‘कञ्चन पानी छ, तर बर्षातका बेला ताल पुरिदै आएको छ ।’ तालसम्म पुग्ने सडक नहुँदा पर्यटकिय दृष्ट्रिकोणबाट सम्भावना बोकेको ताल संरक्षण नहुँदा ओझेलमा परेको बताए । ‘यो ताल कैलाली, कञ्चनपुरबाट झण्डै २०/२५ किलोमिटर उत्तरमा पर्छ, ‘उनले भने, ‘डोटी, डडेल्धुरादेखि दक्षिण पश्चिममा रहेको ताल अहिले ओझेलमा पर्दै गएको छ ।’ बोहराले प्राकृतिक तालमा विभिन्न जिवजन्तु चराचुरुङ्गको वासस्थान समेत रहेको बताए । ताल सरक्षणका लागि सरोकारवाला निकायले ध्यान दिनुपर्ने उनको भनाई छ ।

नेकपा एकिकृत समाजवादी सुदूरपश्चिम प्रदेश सदस्य सुरेन्द्र बमले राज्यले चासो नदिदा नायल सहित सुदूरपश्चिमका थुप्रै प्राकृतिक ऐतिहासिक ताल, तलैया लगायतका क्षेत्र ओझेलमा पर्दै गएको बताए । ‘यो पर्यटकिय सम्भावना बोकेको क्षेत्र हो, ‘उनले भने, ‘अरु सरकारले ध्यान न चासो नदिएपनि प्रदेश सरकारले त कम्तिमा चासो दिनुपर्छ ।’ तालको गुरु योजना बनाएर संरक्षण गर्दै आन्तरिक पर्या पर्यटन प्रर्बद्धनका लागि सरकारले चासो दिनुपर्ने उनले बताए ।

समाजवादीका युवा नेता समेत रहेका सुरेन्द्र बमले ताललार्ई पर्यटकिय नगरी बनाउनका लागि आफ्नो र पाटीका तर्फबाट पहल गर्ने बताए । ताल संक्षणका लागि स्थानीयले तीनै सरकारसंग गुहार समेत गरेका छन ।

Loading...