कैलालीमा लागुऔषध सहित एक महिला पक्राउ





धनगढी, २ फागुन- कैलाली प्रहरीले लागुऔषध सहित एक महिलालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका वडा नं.४ बसपार्कबाट गौरीगंगा नगरपालिका वडा नं. ४ की २६ वर्षीया देउमती साउँदलाई १२ ग्राम लागुऔषध (चरेश) सहित पक्राउ गरिएको हो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।



