धनगढीमा महिलाबाट पुरुषको दारी, कपाल काट्ने निशुल्क तालिम संचालन हुने

अत्तरिया, १ फागुन- कैलालीको धनगढीमा महिलाबाट पुरुषको दारी, कपाल काट्ने तालिम सञ्चालन हुने भएको छ । धनगढी मिलनचोकमा रहेको गितान्जली युनिसेक्स सेलुनको आयोजनामा बिबिसी ट्रेनिङ्ग सेन्टरको सहकार्यमा तालिम आयोजना हुन लागेको हो ।

Dadeldhura hospital

रोजगारीको सुनिश्चितता सहित महिलाहरुको लागि बारबर तालिम सञ्चालन हुन लागेकाे बिबिसी ट्रेनिङ्ग सेन्टरका सञ्चालक झुम अधिकारीले जानकारी दिए । ‘विपन्न तथा हिंसामा परेका महिलाहरुका लागि निशुल्क तालिम आयोजना हुने छ’, अधिकारीले आईतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गदैँ भने । ‘यसमा ३० बर्ष भन्दा कम उमेर भएको जो सुकै महिलाहरुले पनि भाग लिन पाउने छन् ।’ तालिममा १० जना सहभागि हुने उनले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

सिटीइभिटी सम्वन्धन प्राप्त बिबिसी ट्रेनिङ्ग सेन्टर धनगढीले यस भन्दा अगाडी ३ सय जना भन्दा बढीलाई तालिम दिई ८० प्रतिशत जति सहभागिहरु उद्यमी बनिसकेका र यस बिबिसीले यस्ता महिला रोजगारी र स्वरोजगारी सृजना हुने किसिमका तालिमहरु संचालन गरी रहेको बिबिसी ट्रेनिङ्ग सेन्टरका संचालक अधिकारीले बताए ।

‘धनगढी आसपासका सेलुनहरुमा ७० प्रतिशत भन्दा बढी भारतीय कामदार रहेको छन्’, अधिकारीले भने । ‘बुटवलबाट तालिम दिने व्यक्तिहरु ल्याएर तालिम सञ्चालन गरिरहेका छौ । यसले गर्दा यहाँका नागरिकहरुलाई धेरै नै फाईदा लिने छन् ।’
धनगढीमा झण्डै २ सय भन्दा बढी सेलुन भएको अवस्थामा ७० मात्र दर्ता प्रक्रियामा रहेको अधिकारीकाे दावी गरेका छन् ।

Loading...