विप्लव धनगढीमा

धनगढी, २५ कार्तिक– नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी पुगेका छन् । उनी शनिबारबाट धनगढीमा आयोजना गरिएको दलित मुक्ति मोर्चा नेपालको पाँचौ राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि धनगढी पुगेका हुन् ।

Bhancha ghar0

शनिबार अर्थात कार्तिक २७ देखि २९ गतेसम्म धनगढीमा सम्मेलन हुँदैछ । सम्मेलनको धनगढीको पार्कमोडमा एक सभाका बीच नेत्रविक्रम चन्दले उद्घाटन गर्ने आयोजक मुक्ति मोर्चाले जनाएको छ । सो सम्मेलनमा ७७ वटै जिल्ला र भारत प्रवासबाट गरी ३ सय ५० जनाको सहभागिता रहने मोर्चाका अध्यक्ष डम्बर बहादुर विश्वकर्माले जानकारी दिए ।

विप्लवसँगै नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला पनि धनगढी पुगेका छन् । चन्द नेतृत्वको नेकपाले सरकारले पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक बस्तुमा मूल्यबृद्धि गरेको भन्दै नेपाल बन्दको घोषणा पनि गरेको छ ।

विप्लवले एक प्रेस वक्तव्यमार्फत नेपाल बन्दसहितको सङ्घर्षका कार्यक्रम घोषणा गरेका हुन् । कात्तिक २५ गते दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन, कात्तिक २६ गते प्रचार÷प्रसार र साँझ मशाल जुलुस, कात्तिक २७ गते देशव्यापी प्रदर्शन, कात्तिक २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम, कात्तिक २९ गते दिउँसो सिठ्ठी जुलुस, साँझ मशाल जुलुस र कात्तिक ३० गते नेपाल बन्दसम्मका कार्यक्रमहरू घोषणा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.